भारतले ब्याटिङ गर्ने, इंग्ल्याण्डले मलान र ओभर्टनलाई स्थान दियो

  भदौ १०, २०७८

काठमाडौं, भदौ ९ : भारतले इंग्ल्याण्ड विरुद्धको तेस्रो टेष्ट खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । हेडिंग्लीमा हुन लागेको तेस्रो टेष्ट खेलमा भारतले आफ्नो टोलीमा कुनै बदलाब गरेको छैन् । श्रद्धुल ठाकुर स्वस्थ्य देखिए पनि दोस्रो टेष्ट खेलमा उहाँलाई विस्थापित गर्नुभएका ईशान्त शर्माले निरन्तरता पाउने हुनुभएको छ ।

इंग्ल्याण्डले भने घाइते हुनुभएका मार्क ऊडको स्थानमा टोलीमा देविड मलानलाई स्थान दिएको छ । रोरी बनर्स, हसिब हामीद, जोइ रुट, जोनी बैरिष्टो, जोस बटलर, मोइन अलि, साम कर्रन, ओलि रबिन्सन, क्रैग ओभर्टन र जेम्स एन्डरसन इंग्लीश टोलीमा रहनुहुनेछ । पाँच खेलको टेष्ट शृङ्खलाको पहिलो टेष्ट वर्षाले गर्दा पटक पटक अवरुद्ध भई बराबरीमा सकेको थियो । दोस्रो टेष्ट खेल भारतले जित्दै शृङ्खलामा १–० को अग्रता लिएको छ ।

तपाईको प्रतिक्रिया