इंग्ल्याण्डका एलेक्स ब्लेक इपीएल खेल्न ललितपुर पैट्रिओटमा आबद्ध

  भदौ १०, २०७८

काठमाडौं, भदौ ९ : इंग्ल्याण्डका अलराउन्डर एलेक्स ब्लेक एभरेष्ट प्रिमियर लिग(ईपीएल) खेल्ने हुनुभएको छ । उहाँले ईपीएल खेल्न ललितपुर पैट्रिओटसँग अनुबन्धन सम्झौता गर्नुभएको छ ।

एभरेष्ट प्रिमियर लिगले आफ्नो आधिकारिक फेसबुक पेजमा एलेक्स ब्लेक ललितपुरमा आबद्ध भएको जानकारी साझा गरेको छ । ब्लेक हाल इंग्ल्याण्डमा जारी द हण्ड्रेड लिगमा ओभल इन्भिसिबलको प्रतिनिधित्व गर्नुभएको छ ।

इंग्ल्याण्डको राष्ट्रिय क्रिकेट टोलिका लागि हालसम्म प्रतिनिधित्व गर्ने अबसर नपाएपनि उहाँले काउन्टि क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएको छ ।

देब्रे हातका ब्याट्सम्यान एवम् दाहिने हाते मध्य गतिका बलर एलेक्सले १४० घरेलु टी ट्वान्टी लिग खेलमा एक हजार ८९० रन बनाउनुभएको छ । उहाँको सर्बाधिक ब्यक्तिगत् योगफल अविजित ७१ रन हो ।

तपाईको प्रतिक्रिया