राष्ट्रिय फुटबलको बन्द प्रशिक्षणबाट थप तीन खेलाडी बाहिरिए

  भदौ ०९, २०७८

काठमाडौं, भदौ ८ : राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले साफ च्याम्पियनशीपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीको सूची छोट्याउनुभएको छ । बन्द प्रशिक्षणबाट तीन जना खेलाडी बाहिरिएका छन् । प्रमुख प्रशिक्षक अलमुतैरीले घोषणा गर्नुभएको टोलिबाट गोलकिपर अपर्ण कार्की र शिशिर लेखी एवम् अभिषेक रिजाल बाहिरिनुभएको छ । अब भने २५ खेलाडी मात्रै बन्द प्रशिक्षणमा रहनेछन् ।

राष्ट्रिय टोलि हाल बन्द प्रशिक्षणको क्रममा पोखरामा रहेको छ । नेपालले साफ च्याम्पियनशीपको तयारी स्वरुप सेप्टेम्बर २ र ५ मा गरी दशरथ रङशालामा भारत बिरुद्ध दुई वटा मैत्रीपूर्ण फुटबल स्पर्धा खेल्नेछ । दुबै खेल सम्पन्न भएको करिब २५ दिनपछि माल्दिभ्समा साफ च्याम्पियनशीप आयोजना हुनेछ । अक्टोबर १ मा साफ च्याम्पियनशीप सुरु हुँदा नेपालले उद्घाटन खेलमा माल्दिभ्सको सामना गर्नेछ । एन्फाका महासचिब इन्द्रमान तुलाधरले हाल छोट्याइएको सूची अन्तिम टोलि नरहेको बताउनुभएको छ । उहाँले केही दिनको बन्द प्रशिक्षणपछि भारत बिरुद्धको मैत्रीपूर्ण खेलका लागि टोलिको घोषणा गरिने बताउनुभयो ।

टोलिमा हाल किरणकुमार लिम्बू, दीप कार्की, विशाल श्रेष्ठ र विकेश कुथु गोलकिपरको रुपमा रहुनुहुनेछ । आशिष लामा, अनन्त तामाङ्ग, अञ्जन विष्ट, आयूष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रैष्ठ अटाउनुभएको छ । त्यसैगरी, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, निति थापा, पूजन उपरकोटी, राजन गुरुङ्ग, रोहित चन्द, सन्तोष तामाङ्ग, सूजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सूरज जेउ ठकुरी र तेज तामाङ्ग समेत स्थान सुनिश्चित गर्न सफल हुनुभएको छ ।

तपाईको प्रतिक्रिया