प्रिमियर लिगका १६ खेलाडी र अधिकारी सङ्क्रमित

  भदौ ०९, २०७८

काठमाडौं, भदौ ८ : इंग्लीश प्रिमियर लिगका १६ जना खेलाडी र अधिकारीमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको छ । प्रिमियर लिगले गएको सातासम्म सञ्चालन गरिएको नमूना परीक्षणमा १६ जना खेलाडी र खेल अधिकारीमा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

प्रिमियर लिगले अगष्ट १६ र २२ मा गरी दुई पटक तीन हजार ६० जना खेलाडी तथा खेल अधिकारीको नमूना परीक्षण गरेको थियो । पहिलो चरणमा १२ जना र दोस्रो चरणको परीक्षणमा चार जनामा सङ्क्रमणको पुष्टि भएको हो । त्यसअघि, १५ अगष्टसम्म दुई चरणमा गरिएको परीक्षणमा २० जनामा सङ्क्रमणको पुष्टि भएको थियो ।

प्रिमियर लिगले सातामा दुई पटक परीक्षण सञ्चालन गर्दै आएको छ । यसअघि एक क्लबका ८५ जनाको परीक्षण गरिदै आएकोमा अब भने उक्त संख्या एक सय बृद्धि गरिएको छ ।

तपाईको प्रतिक्रिया