अफगानिस्तानबाट २८८ नेपालीको उद्धार

  भदौ ०२, २०७८

काठमाडौँ, भदौ २ : रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मित्रराष्ट्रको निरन्तर प्रयास र समन्वयमा हालसम्म २८८ जनाको उद्धार गरी काठमाडौँ ल्याइएको छ ।

उहाँहरूलाई सामाखुशीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उद्धार गरिएका नेपालीलाई आइसोलेशनमा राखेर स्वास्थ्य परीक्षण गरिने र त्यसपछि घर पठाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया