मानुषी लघुवित्तको आइपिओ खुला

  साउन २७, २०७८

काठमाडौं, साउन २७ : मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) आजदेखि बिक्री खुला भएको छ ।

आजदेखि बिक्री खुला भएको आइपिओ यही साउन ३१ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । रु. एक सय अङ्कित दरका कम्पनीको शेयरमा न्यूनतम १० कित्तादेखि बढीमा एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेन्ट हाे ।

रु. तीन करोड ९३ लाख ७५ हजार बराबरको तीन करोड ९३ लाख ७५ हजार कित्ता आइपिओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार जसमध्ये पाँच हजार ४६९ कित्ता कर्मचारीका लागि र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको तीन लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणका लागि निष्काशन गरिएको हो

आइपिओ जारी भएपछि कम्पनीको चुक्ता पुँजी रु. दश करोड ९३ लाख ७५ हजार पुग्नेछ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एप (सफ्टवेयर)मार्फत आइपिओमा आवेदन दिन सक्नेछन् ।

तपाईको प्रतिक्रिया