४१ वर्षपछि भारतले हकीमा पदक जित्यो

  साउन २१, २०७८

काठमाडौं, साउन २१ : भारतको पुरुष हकी टोलीले  ४१ वर्षपछि ओलम्पिकमा पदक जितेको छ । जर्मनीसँग १–३ ले पछाडि परेको प्रतिकूलतालाई अन्त्य गर्दै भारतले ५–४ को जित हात पार्यो ।

जर्मनीलाई हराएर भारतले काँस्य पदक जितेको हो । भारतले टोकियो ओलम्पिकमा दुई खेल हारेको छ । लिगमा अष्ट्रेलियासँग ७–१ को विशाल अन्तरको हार बेहोरेको भारतले सेमिफाइनलमा बेल्जियमसँग पराजित भई तेस्रो स्थानका लागि स्पर्धा गर्न पुग्यो ।

बेल्जियम र अष्ट्रेलियाले भने स्वर्णपदकका लागि स्पर्धा गर्दैछ । भारतले हकीमा हालसम्म आठ स्वर्णपदक जितेको छ । तर सन् १९८० मा मस्को ओलम्पिकमा स्वर्ण जिते यता भारतले अर्को पदक हात पार्न ४० वर्ष कुर्नुपर्यो ।

तपाईको प्रतिक्रिया