ड्वायन ब्राभोको घरेलु मैदानको बिदाइ खेल वर्षाले सखाप पा-यो

  साउन २०, २०७८

काठमाडौं, साउन २० : वेष्टइन्डिजका अलराउन्डर ड्वायन ब्राभोको अन्तर्राष्ट्रिय टी ट्वान्टीको घरेलु मैदानको बिदाइ खेल वर्षाले प्रभावित भएको छ । पाकिस्तान र वेष्टइन्डिजबीचको चौथो तथा अन्तिम खेल वर्षाले पटक पटक प्रभाबित भई मात्र नौ ओभरमा सीमित गरियो । तर वेष्टइन्डिजले बिना कुनै क्षतिमा ३० रन बनाउँदा पुनः वर्षाले खेल अवरुद्ध हुन पुग्दा पाकिस्तानले शृङ्खला १–० ले जित्यो ।

ड्वायन ब्राभो आगामी अक्टोबर महिनामा हुने टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता खेल्नुहुनेछ । यद्यपि उक्त प्रतियोगिता यूएईमा हुने भएकोले ब्राभोको घरेलु मैदानको यो अन्तिम खेल थियो । वेष्टइन्डिजका लागि ८६ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल्नुभएका ब्राभोले ३९ खेल क्यारेबियाली भूमिमा खेल्नुभएको छ । ब्राभोको करिब एक दशकको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा वेष्टइन्डिजले दुई पटक टी ट्वान्टी विश्वकप जित्न सफल भयो । उहाँले ७६ विकेट लिनुभएको छ । १६४ अन्तर्राष्ट्रिय एकदिवसीय र ४० टेष्ट खेल खेल्नुभएको छ ।

तपाईको प्रतिक्रिया