पारसलाई फुटबल सङ्घको बिदाइ शुभकामना

  साउन २०, २०७८

काठमाडौं, साउन १९ : राष्ट्रिय क्रिकेट टोलीका पूर्व  कप्तान एवम् अलराउन्डर पारस खड्कालाई अखिल नेपाल फुटबल सङ्घ(एन्फा) बिदाइ शुभकामना दिएको छ । एन्फाले आफ्नो सामाजिक सञ्जालमा पूर्व कप्तान खडकालाई शुभकामना दिएको हो ।

नेपालमा फुटबल र क्रिकेट सबैभन्दा बढी लोकप्रिय दुई खेल हुन । विगतमा दुबै खेलका खेलाडी र सङ्घबीच कुनै चासो देखिएको थिएन । तर पछिल्लो केही महिना यता फुटबलका अधिकारी तथा खेलाडीले क्रिकेटप्रति र क्रिकेटका अधिकारी तथा खेलाडी फुटबलप्रति चासो देखाउँदै आएका छन् ।

एन्फाले अविष्मरणीय अन्तर्राष्ट्रिय क्रिकेट जीवनप्रति बधाई दिंदै अगामी यात्राको लागि शुभकामना दिएको हो । विगतको परम्परालाई तोड्दै क्रिकेटले फुटबल खेलाडीप्रति सहिष्णु भई मनोबल प्रदान गर्न फुटबल रङ्गशाला पुगेका थिए । नेपालमा कीर्गिस्तान र बङ्गलादेश सम्मिलित त्रिदेशीय कप फुटबल प्रतियोगिता हुँदा नेपाली प्रशिक्षक तथा खेल अधिकारी हौसला प्रदान गर्न दशरथ रङ्गशाला नै पुगे ।

त्यसयता अखिल नेपाल फुटबल सङ्घ र नेपाल क्रिकेट सङ्घबीच एक अर्काको सफलतामा शुभकामना तथा बधाई आदानप्रदान हुँदै आएको छ । पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट आज सन्यासको घोषणा गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया