बेलारुसकी ओलम्पियनबारे आईओसीले छानबिन गर्ने

  साउन २०, २०७८

काठमाडौं, साउन १९ : अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि(आईओसी)ले बेलारुसकी ओलम्पियानबारे छानबिन गर्ने भएको छ । बेलारुसले बलपूर्बक स्प्रिन्टर क्रिष्टिना तिमानोस्कायालाई घर फर्काउन गरेको प्रयासको विषयबारे आईओसीले औपचारिक अनुसन्धान गर्ने बताइएको छ ।

आईओसीका प्रवक्ता मार्क एडम्सले हामीले पुरा तथ्य बाहिर ल्याउन प्रयासरत रहने बताउनुहुँदै त्यसो गर्दा समय लाग्न सक्ने बताउनुभएको छ । तर आईओसीको पूरा ध्येय खेलाडीमाथि हुने उहाँले बताउनुभयो । आईओसीले बेलारुसको ओलम्पिक कमिटिलाई मङ्गलबारसम्म क्रिष्टिना प्रकरणको प्रतिवेदन बुझाउन आग्रह गरेको छ । बेलारुसले क्रिष्टिना भावुक हुन पुग्दा उहाँलाई खेल्न रोक लगाइएको जनाएको थियो ।

२४ वर्षीया क्रिष्टिना हाल टोकियोस्थित बेलारुसको दूताबासमा हुनुहुन्छ । बेलारुसमा आफू असुरक्षित रहने क्रिष्टिनाले बताउनुभएको थियो । आफूलाई बलपूर्वक विमानस्थल लगिएको क्रिष्टिनाले दाबी गर्नुभएको थियो । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई सहयोगको अपील गर्दा पोल्याण्डले भिसा उपलब्ध गराउने सुनिश्चित गरेको छ । स्प्रिन्टर क्रिष्टिनाले प्रशिक्षकको आलोचना गरेपछि बेलारुसी ओलम्पिक कमिटिले उहाँले घर फर्काउन लागेको थियो ।

तपाईको प्रतिक्रिया