चीनले ३२ स्वर्ण जितेर अमेरिकासँगको दूरी बढायो

  साउन १९, २०७८

काठमाडौं, साउन १९ : टोकिया ओलम्पिक २०२० को पदक तालिकामा सबैभन्दा बढी स्वर्ण जितेर चीन शीर्ष स्थानमा आफ्नो वर्चश्व कायम राखेको छ । चीनले हालसम्म ३२ स्वर्ण जितेको छ । हालसम्म २१९ स्वर्णको नतिजा आइसकेको छ ।

टोकियो ओलम्पिक २०२० का अनुसार चीनले हालसम्म ३२ तथा संयुक्त राज्य अमेरिकाले २२ स्वर्ण जितेको छ । कुल पदक दुबै राष्ट्रको बराबर ६८ वटा छ । आयोजक जापान १९ स्वर्णसहित तेस्रो स्थानमा छ । यद्दपी ऊ पदक तालिकामा पाँच स्थानमा छ ।

रुसले जापानभन्दा बढी ५१ पदक जितेको छ । जापानको कल पदक संख्या ३६ छ । अष्ट्रेलियाले चौथो सबैभन्दा बढी १४ स्वर्ण जितेको छ । बेलायतले १३ स्वर्ण जितेको छ । जर्मनीले आठ, फ्रान्स, कोरिया, नेदरल्याण्ड्स र न्युजिल्याण्डले सामान छ छ स्वर्ण जितेको छ ।

इटालीले पाँच तथा हँगेरी, क्यूबा, चेक रिपलब्लिकले सामान चार चार स्वर्ण जितेको छ । क्यानाडा, स्वीटजरल्याण्ड, ब्राजिल र क्रोएशियाले हालसम्म तीन तीन स्वर्ण जितेको छ ।

तपाईको प्रतिक्रिया