बेलारुसकी ओलम्पियनले पोल्याण्डको भिसा पाइन

  साउन १८, २०७८

काठमाडौं, साउन १८ : बेलारुसकी स्प्रिन्टरले पोल्याण्डको भिसा पाउने हुनुभएको छ । बेलारुसी अधिकारीले ओलम्पिकको बीचमै २४ वर्षीया क्रिष्टिना टिमनोस्कायालाई बेलारुस पठाउन थालेपछि उहाँले अस्वीकार गर्नुभएको थियो ।

प्रशिक्षकको आलोचना गरेपछि बेलारुसी ओलम्पिक अधिकारीहरुले उहाँलाई घर पठाउने निर्णय गर्यो । जापानी प्रहरीले विमानस्थलसम्म ल्याएपछि उहाँले बेलारुसमा आफू असुरक्षित हुने बताउँदै सहयोगको आग्रह गर्नुभएको थियो । पोल्याण्डले उहाँलाई ‘हयुमेनिटेरियन भिसा’ उपलब्ध गराउने सुनिश्चित गरेको छ ।

बेलारुसले भने क्रिष्टिना भावुक स्थितिमा पुगेकोले टोलिबाट हटाइएको जनाएको छ । पोल्याण्डका उप विदेश मन्त्री मार्सिन जाइडाकले टिमनोस्काया पोलिश कुटनीतिज्ञसँग टोकियोमा प्रत्यक्ष सम्पर्कमा रहेको र पोल्याण्डले उहाँको खेल जिवनलाई निरन्तरता दिन जुनसुकै सहयोग गर्ने बताउनुभएको छ । क्रिष्टिना पोल्याण्ड पुगे लगत्तै उहाँको श्रीमान समेत बेलारुसबाट पोल्याण्ड आउने बताइएको छ ।

तपाईको प्रतिक्रिया