फुटबल सङ्घका प्रवक्ताले दिनुभायाे राजीनामा

  साउन १८, २०७८

काठमाडौं, साउन १८ : अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का प्रवक्ता किरण राईले पदबाट राजीनामा दिनुभएको छ । एन्फाभित्र पदाधिकारी र प्रशिक्षकबीचको विवाद छताछुल्ल हुँदा प्रवक्ता राईले राजीनामा दिन पुग्नुभएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज अध्यक्ष कर्मा छिरिङ्ग शेर्पालाई उहाँले राजीनामा बुझाउनुभएको हो ।

राईले आफ्नो राजीनामा सम्बन्धमा प्रष्ट्याउन अपरान्ह तीन बजे पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा राजिनामा बुझाउँदै गरेको तस्विर सार्वजनिक गर्नुभएको छ । २०७५ साल वैशाख २४ गते उहाँलाई एन्फाले प्रवक्ताको जिम्मेवारी दिएको थियो । उहाँ एन्फाको केन्द्रीय सदस्य भने रहिरहनुहुनेछ ।

तपाईको प्रतिक्रिया