कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाइन

  साउन ०९, २०७८

काठमाडौं, साउन ९ : टोक्यो ओलम्पिक २०२० को शूटिङ्गतर्फ नेपाली ओलम्पियन कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । उहाँले १० मिटर रेञ्जमा ६१६.८ स्कोर गर्नुभयो । यसअघि उहाँले १३ औं दक्षिण एशियाली खेलकूदमा १० मिटर रेञ्जमा ६१४.५ स्कोर गर्नुभएको थियो ।

असाका शूटिङ्गमा उहाँले राष्ट्रिय कीर्तिमान बनाएपनि अन्तिम आठमा छनौट हुन सक्नुभएन । ५० राष्ट्र सम्मिलित शूटिङ्गमा उहाँ ४६ औं स्थानमा रहनुभयो । उहाँभन्दा मुनि बोस्निया हर्जेगोभिनाकी जेकानोभिक तत्जाना, कीर्गिस्तानकी कुबेनीच्कोभा कन्यकै, श्रीलङ्काकाी एगोडवेला तहानी र शरणार्थी टोलिकी सोलोमन लुना भइन् ।

नर्वेकी डेउस्टाड जेनेट हेग ६३२.९ स्कोर गरेर शीर्ष स्थानमा रहनुभयो । दक्षिण कोरियाकी पार्क हिमून दोस्रो, अमेरिकाकी टकर मेरी केरोलिन तेस्रो, कोरियाकै क्वोन यूञ्जी चौथो, फ्रान्सकी म्युलर ओसियाने पाँचौं, चीनकी याङ कियान छैठौं, स्वीटजरल्याण्डकी कस्र्टिन निना सातौं स्थानमा रहिन् ।

तपाईको प्रतिक्रिया