पुरुष फुटबलका मुख्य प्रशिक्षकको महिला टोलिसँग साक्षात्कार

  साउन ०९, २०७८

काठमाडौं, साउन ८ : राष्ट्रिय पुरुष फुटबल टोलिका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले राष्ट्रिय महिला फुटबल टोलिसँग साक्षात्कार गर्नुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को संयोजनमा एन्फा कम्प्लेक्समा आज मुख्य प्रशिक्षक अलमुतैरीले साक्षात्कार गर्नुभएको हो ।

राष्ट्रिय महिला फुटबल टोलि हाल एशियाली फुटबल कपको छनोट प्रतियोगिताको तयारीमा रहेको छ । महिला टोलिका प्रशिक्षक गैरी फिलिप्स हुनुहुन्छ । एन्फाले गत् साता मात्रै चेतन घिमिरेलाई सहायक प्रशिक्षक नियुक्त गरेको थियो । तयारीको क्रममा प्रेरणा दिन र प्राबिधिक सुझाब दिन पुरुष टोलिका मुख्य प्रशिक्षक अलमुतैरीले अन्तरक्रिया गर्नुभएको एन्फाले जनाएको छ ।

तपाईको प्रतिक्रिया