ओलम्पिक पुरुष फुटबल : स्पेन बराबरीमा रोकियो, फ्रान्समाथि मेक्सिकोको विशाल जित

  साउन ०८, २०७८

काठमाडौं, साउन ७ : टोक्यो ओलम्पिक पुरुष फुटबलको उद्घाटन खेलमा स्पेनलाई इजिप्टले गोलरहित बराबरीमा रोकेको छ । यूरो २०२० का युवा खेलाडीबाट पुरस्कृत पेड्रीको उपस्थितिले समेत स्पेनको नतिजामा सकारात्मक असर भएन ।

रियल मड्रिडका डेनी सेबाल्लोस घुँडाको चोटको कारण उद्घाटन खेलमा सहभागी हुनुभएन । स्पेनलाई बराबरीमा रोक्न वेष्टब्रुमका पूर्ब डिफेन्डर अहमद हेगाजीको उत्कृष्ट प्रदर्शन निर्णायक रहयो । पेड्री अतिरिक्त यूरोकप फुटबल २०२० खेलेका मिकेल ओयार्जबल, डेनी ओल्मो, पाउ टोरस र एरिक गार्सियालाई समेत इजिप्ट बिरुद्ध स्पेन ब्यवस्थापनले उतारेको थियो ।

यूरो कप फुटबल २०२० को सेमीफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी शूट आउटमा हराएको थियो । ओलम्पिक पुरुष फुटबल अन्तगर्त समूह ए को खेलमा मेक्सिकोले फ्रान्सलाई ४–१ ले हराएको छ । समूह डी मा आइभोरी कोष्टले सऊदी अरबलाई २–१ ले हरायो । समूह बी मा न्युजिल्याण्डले दक्षिण कोरियामाथि १–० को जित हात पारेको छ ।

तपाईको प्रतिक्रिया