प्रधानमन्त्री देउवाद्वारा विभिन्न खोप केन्द्रको निरीक्षण

  साउन ०४, २०७८

काठमाडौं, साउन ४ : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सरकारले उपलब्ध गराएको जोनसन एण्ड जोनसनको खोप लगाउने कार्यको थालनी गर्नुभएको छ । यसै क्रममा प्रधानमन्त्री देउवाले साेमबार काठमाडौंका विभिन्न खाेप केन्द्रमा भइरहेको खोप लगाउने कामको स्थलगत अनुगमन गरिरहनु भएको छ ।

उहाँले आजै बिहान नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीस्थित खोप केन्द्रको अवलोकन गर्नुभएको थियो । उहाँले हिजो प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा आफ्नो पहिलो प्राथमिकता आम जनतालाई खोप उपलब्ध गराउने रहेको बताउनुभएको थियो । जोन्सन एण्ड जोन्सन खोप वैज्ञानिक हिसाबले एक मात्रा मात्र लगाए पुग्ने खोप हो । यो खोप स्वास्थ्य मन्त्रालयको खोप भण्डारसँग मिल्दोजुल्दो छ, दुईदेखि आठ डिग्री सेन्ट्रिग्रेटमा राख्न मिल्छ ।

तपाईको प्रतिक्रिया