दोस्रो टी ट्वान्टीमा समेत वेष्टइन्डिजको जित

  असार २८, २०७८

काठमाडौं, असार २७ : अष्ट्रेलिया वेष्टइन्डिज बिरुद्धको दोस्रो टी ट्वान्टी खेलमा समेत हार बेहोरेको छ । जितसँगै पाँच खेलको टी ट्वान्टीमा वेष्टइन्डिजले २–० को अग्रता कायम गरेको छ ।

ग्रस इस्लेटमा वेष्टइन्डिजले प्रस्तुत गरेको १९७ रनको लक्ष्य पछ्याउँदै अष्ट्रेलियाली टोलि मात्र १६ ओभरमा १४० रनमा समेटिन पुग्यो । अष्ट्रेलियाली पारीमा मिशेल मार्शको ५४ रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले प्रभाबकारी प्रदर्शन गर्न सकेनन ।

अष्ट्रेलियाली झिनो योगफलमा सीमित पार्न वेष्टइन्डिजका हेडन वाल्शले सर्बाधिक तीन तथा शेल्डन कट्रेलले दुई विकेट लिए । त्यसैगरी, फिडेल एडवार्डस्, आन्द्रे रस्सैल, ड्वायन ब्राभो र क्रिस गेलले एक एक विकेट लिए ।

त्यसअघि, टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको वेष्टइन्डिजले पुरै २० ओभर खेल्दै चार विकेटको क्षतिमा १९६ रनको योगफल तयार गर्यो । वेष्टइन्डिजलाई सम्मानजनक योगफलसम्म पुर्याउन शिमरन हैटमरले सर्बाधिक ६१ रनको योगदान दिनुभयो ।

ड्वायन ब्राभोले अविजित ४७ तथा आन्द्रे रस्सैलले २४ रनको योगदान दिए । ओपनर लेण्डी सिमोन्सले ३० तथा आन्द्रे फ्लेचरले नौ रन बनाए । क्रिस गेल मात्र १३ रन बनाएर पेभेलियन फर्किनुभयो ।

वेष्टइन्डिजका लागि जोश हयाजलऊड, आष्टन एगर र मिशेल मार्शले सामान एक एक विकेट लिए । सिमरन हैटमर प्लेयर अफ द् म्याच घोषित भए ।

तपाईको प्रतिक्रिया