आश्ले बार्टीले विम्ब्ल्डन टेनिसको उपाधि जितिन्

  असार २८, २०७८

काठमाडौं, असार २७ : आश्ले बार्टीले विम्ब्ल्डन टेनिसको उपाधि जित्नुभएको छ । उहाँले पहिलो पटक विम्ब्ल्डनको उपाधि जित्ने क्रममा करोलिना लिस्कोभालाई हराउनुभएको छ ।

बार्टीले ६–३ ६–७(४–७) ६–३ को सेटमा लिस्कोभालाई हराउनुभएको हो । ४१ वर्षमा आश्लेले अष्ट्रेलियालाई पहिलो पटक महिला विधा तर्फ विम्ब्ल्डनको उपाधि दिलाउनुभएको छ । यसअघि बार्टीले सन् २०१९ मा फ्रेञ्च ओपनको उपाधि हात पार्नुभएको थियो ।

बार्टीले सन् २०११ मा विम्ब्ल्डन जुनियरको उपाधि समेत हात पार्नुभएको थियो । बेलायतकी एनन्न जोन्स, स्वीस मार्टिना हिंग्विज र फ्रान्सकी अमेलिया मौरेस्मोपछि जुनियर र विम्ब्ल्डन ओपनको उपाधि हात पार्ने बार्टी चौथो खेलाडी बन्नुभएको छ ।

तपाईको प्रतिक्रिया