पैट्रिक भिएरा क्रिष्टल पैलेसका प्रमुख प्रशिक्षक नियुक्त

  असार २१, २०७८

काठमाडौं, असार २१ : क्रिष्टल पैलेसले पैट्रिक भिएरालाई प्रमुख प्रशिक्षक नियुक्त गरेको छ । उहाँले रोय हडजनलाई बिस्थापित गर्नुभएको छ । हडजनले गत् मई १८ मा आफू क्रिष्टल पैलेस परित्याग गर्न लागेको बताउनुभएको थियो । लामो समयको कसरतपछि पैट्रिक प्रशिक्षक नियुक्त हुनुभएको छ ।

आर्सनलका पूर्ब कप्तान ४५ वर्षीय पैट्रिकले प्रिमियर लिगको १४ औं स्थानमा चित्त बुझाएको क्रिष्टल पैलेससँग तीन वर्षका लागि अनुबन्धन सम्झौता गर्नुभएको छ । सन् २००३÷०४ मा पैट्रिक कप्तान छँदा आर्सनलको सिजन अबधिभरि अपराजित यात्रालाई कायम राख्न सफल हुनुभएको थियो ।

यसअघि सन् २०११ न्युर्योक सिटी फुटबल क्लबको ब्यवस्थापकीय भूमिकामा आउनुअघि पैट्रिकले म्यान्चेष्टर सिटीबाट प्रशिक्षणमा पर्दापण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया