दक्षिण अफ्रिकाले वेष्टइन्डिज बिरुद्धको टी ट्वान्टी श्रृखंला जित्यो

  असार २०, २०७८

काठमाडौं, असार २० : दक्षिण अफ्रिकाले वेष्टइन्डिज बिरुद्धको पाँच खेलको टी ट्वान्टी श्रृखंला ३–२ ले जितेको छ । पाँचौं, अन्तिम तथा निर्णायक टी ट्वान्टीमा वेष्टइन्डिजलाई दक्षिण अफ्रिकाले २५ रनले हराउँदै श्रृखंला हात पार्न सफल भयो ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १६९ रनको औसत लक्ष्य पछ्याउँदै वेष्टइन्डिजले पुरै २० ओभर खेलेपनि नौ विकेटको क्षतिमा मात्र १४३ रन जोड्न सक्यो । वेष्टइन्डिजका लागि ओपनर एभिन लेविसले सर्बाधिक ५२ रनको योगदान दिनु अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले प्रभाबकारी प्रदर्शन गर्न सकेनन् । वेष्टइन्डिजलाई सस्तोमै समेट्न दक्षिण अफ्रिकी बलरहरु लुङ्गी एनगिडीले सर्बाधिक तीन, कगिसो रबाडा र वेयान मल्डरले सामान दुई दुई तथा जर्ज लिण्डे र तबरैज सम्सीले सामान एक एक विकेट लिए ।

त्यसअघि, सेन्ट जर्जमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको दक्षिण अफ्रिकाले पुरै २० ओभर खेलेर चार विकेटको क्षतिमा १६८ रनको औसत योगफल तयार गर्यो । उसको पारीमा एडन मरकर्रनले सर्बाधिक ७० तथा क्विन्टन डे ककले ६० रनको पारी खेले । देविड मिलर १८ रन बनाएर अविजित रहनुभयो । एडन मरकर्रन प्लेयर अफ द् म्याच तथा तबरैज सम्सी प्लेयर अफ द् सेरिज घोषित हुनुभयो ।

तपाईको प्रतिक्रिया