अर्जेन्टिना कोपा अमेरिकाको सेमीफाइनलमा पुग्यो

  असार २०, २०७८

काठमाडौं, असार २० : अर्जेन्टिना कोपा अमेरिका फुटबल कपको सेमीफाइनलमा पुगेको छ । क्वार्टरफाइनलमा इक्वेडरलाई हराएर अर्जेन्टिना कोपा अमेरिकाको सेमीफाइनलमा कोलम्बिया बिरुद्धको भेट सुनिश्चित गरेको छ ।

इक्वेडरमाथि जित हात पार्ने क्रममा अर्जेन्टिनाका लियोनल मेस्सीले एक गोल गर्नुका साथै अर्को एक गोलमा सघाउनुभयो । रोड्रिगो डे पौलले ४० औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाउनुभयो । ८४ औं मिनेटमा लौटेरो मार्टिनेजले गोल गर्दा अर्जेन्टिनाले अग्रतालाई दोब्बर पार्यो ।

एञ्जेल डी मारियालाई पिएरो हिनकपीले लडाएपछि ३४ वर्षीय मेस्सीले फ्रि किकलाई गोलमा परिणत गर्दा अर्जेन्टिनाले ३–० को सहज जित सुनिश्चित गर्यो । कोलम्बियाले ऊरुग्वेलाई ४–२ ले हराएर सेमीफाइनलमा स्थान सुनिश्चित गर्यो । निर्धारित समय गोलरहित बराबरीमा सम्पन्न भएपछि खेल पेनाल्टी शूट आउटमा गएको थियो ।

तपाईको प्रतिक्रिया