ए डिभिजन लिगको तयारी सुरु

  असार १७, २०७८

काठमाडौं, असार १७ : अखिल नेपाल फुटबल संघ(एन्फा)ले ए डिभिजन लिगको तयारी सुरु गरेको छ । तयारी स्वरुप एन्फाले पहिलो चरणमा क्लबका प्रतिनिधिहरुसँग छलफल गरेको छ ।

एन्फाले गत् सोमबार क्लब प्रतिनिधिहरुसँगको छलफलपछि ए डिभिजन लिग दुई महिनापछि गर्ने निर्णय गरेको थियो । सेप्टेम्बर १९ देखि डिभिजन लिग सुरु हुनेछ । एन्फाले खेलाडी दत्र्ताका लागि जुलाई ३० सम्मको म्याद तोकेको छ ।

तपाईको प्रतिक्रिया