पहिलो एकदिवसीयमा इङ्ल्यान्डको श्रीलङ्कामाथि सहज जित

  असार १६, २०७८

काठमाडौं, असार १६ : श्रीलङ्का विरुद्धको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल इंग्ल्याण्डले पाँच विकेटले जितेको छ । जितसँगै तीन खेलको एकदिवसीय शृङ्खलामा इङ्ल्यान्डले १–० को अग्रता लिएको छ ।

श्रीलङ्काले १८६ रनको लक्ष्य प्रस्तुत गरेको छ । ८४ रनमा महत्वपूर्ण चार विकेट गुमाएको इङ्ल्यान्डका लागि ओपनर जोनी बैरिष्टोले ४३ र जोई रुटले अविजित ७९ रनको पारी खेल्नुभयो । मोइन अलि २८ रनको योगदान दिनुभयो । इङ्ल्यान्डले ३४ ओभर पाँच बलमा पाँच विकेटको क्षतिमा १८९ रन बनाएर लक्ष्य प्राप्त गर्यो ।

श्रीलङ्काका लागि दुश्मन्थ चमीराले सर्बाधिक तीन, बिनुरा फर्नान्डो र चमिका करुणारत्नेले सामान एक एक विकेट लिए । त्यसअघि, चेष्टर ली स्ट्रिटमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको श्रीलङ्काले ४२ ओभर ३ बलमा मात्र १८५ रनमा समेटिन पुग्यो । उसको पारीमा कप्तान कुशल परेराले सर्बाधिक ७३ तथा वनिन्डु हसरङ्गाले ५४ रनको पारी खेल्नुभयो ।

४६ रनमा तीन विकेट गुमाएको श्रीलङ्काका लागि कुशल र वनिन्डुले चौथो विकेटका लागि ९९ रनको साझेदारी गरे । इङ्ल्यान्डका लागि क्रिस वक्सले सर्वाधिक चार तथा देविड विल्लेले तीन विकेट लिए । मोइन अलिले एक विकेट लिनुभयो । क्रिस वक्स प्लेयर अफ द म्याच घोषित हुनुभयो ।

तपाईको प्रतिक्रिया