लिभरपुलका बेनिटेज इभर्टनका प्रमुख प्रशिक्षक नियुक्त

  असार १६, २०७८

काठमाडौं, असार १६ : लिभरपुलका राफल बेनिटेज एभर्टनका प्रमुख प्रशिक्षक नियुक्त हुनुभएको छ । ६१ वर्षीय स्पेनिस बेनिटेजले तीन वर्षे सम्झौता गर्दै एभर्टनमा कार्लो एन्सेलोट्टीलाई बिस्थापित गर्नुभएको छ ।

कार्लो एन्सेलोट्टीले जुन पहिलो साता एभर्टन छोडेर रियल मड्रिड फित्र्ता हुनुभएको थियो । बेनिटेजले एभर्टनमा आबद्ध हुँदा हर्षित भएको बताउनुभएको छ । आफू एभर्टनको लक्ष्य प्राप्त गर्ने दिशामा सहयोग गर्ने उहाँले सम्झौतापछि प्रतिक्रिया दिनुभएको छ ।

जुन २०१९ मा न्यू कैसल छोडेका बेनिटेजले १८ महिनासम्म चीनको डालिएन एफसीलाई प्रशिक्षण दिनुभएको थियो । लगत्तै उहाँ गत् जनवरी महिनामा लिभरपुल प्रस्थान गर्नुभएको थियो ।

प्रमुख साझेदार फरहाद मोशिरीले बेनिटेजको अनुभव र ज्ञानबाट आफू प्रभाबित भएपनि एभर्टन सर्न उहाँले देखाउनुभएको तत्परता र उत्साह उच्च रहेको प्रतिक्रिया दिनुभएको छ ।

तपाईको प्रतिक्रिया