फुटबलसँग सम्बन्धित दुई हजार स्कटिश सङ्क्रमित

  असार १६, २०७८

काठमाडौं, असार १६ : स्कटल्याण्डमा दुई हजार सङ्क्रमित यूरो कप फुटबल २०२० हेरेकासँग सम्बन्धित रहेको पाइएको छ । जनस्वास्थ्य स्कटल्याण्डले एक हजार ९९१ जना सङ्क्रमित पुष्टि भएकोमा दुई तिहाई इंग्ल्याण्ड बिरुद्ध खेल हेर्न गएकासँग जोडिएको जनाएको छ ।

गत् जुन १८ मा इंग्ल्याण्ड बिरुद्धको यूरो कप खेल हेर्न सयौंको संख्यामा खेलप्रेमी लण्डन भ्रमण गरेका थिए । जसमध्ये ३९७ जना वेम्ब्ली रङशालामा उपस्थित थिए । ग्लासगौ र हयाम्पडेनमा भएको खेलसँग सम्बन्धित केहीमा सङ्क्रमणको पुष्टि भएको छ ।

कोभिड १९ को प्रतिबन्धका कारण दुई हजार छ सय स्कटिशलाई मात्रै लण्डन भ्रमण गर्न पाएका थिए । टिकट नरहेको अवस्था लण्डन भ्रमण नगर्न सुझाबका बावजूद दशौं हजार स्कटिश लण्डन पुगेका थिए । अधिकांश प्रशंसक खेल अगाडि मध्य लण्डनस्थित लेष्टर स्क्वायरमा जमा भएका थिए । हाफटाइमपछि मात्रै प्रहरीले बलपूर्बक प्रशंसकलाई जमा हुन रोक लगाएको थियो ।

तपाईको प्रतिक्रिया