राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित

  असार १३, २०७८

काठमाडौं, असार १३ : नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित गरेको छ । नेपाल, नामिबिया र स्कटल्याण्डसम्मिलित आईसीसी लिग डिभिजन २ अन्तगर्तको खेल स्पेनमा हुने तय भएको थियो । तर उक्त त्रिदेशीय श्रृंखला एक वर्षका लागि पर धकेलिएपछि संघले तयारी स्वरुप सुरु गरेको बन्द प्रशिक्षण समेत स्थगित गर्ने निर्णय गरेको छ ।

संघका अनुसार खेलाडीले भने प्रमुख प्रशिक्षक डेभ व्हाटमोरको प्रशिक्षणमा सानो समूह बनाएर अभ्यास गर्नेछन् । क्यानले उक्त श्रृखंलाको तयारीका लागि बन्द प्रशिक्षणमा सहभागी हुन गत् साता २० खेलाडीको सूची सार्बजनिक गरेको थियो । बन्द प्रशिक्षण सुरु भएको तीन दिन नबित्दै श्रृखंला स्थगित हुन पुगेको निर्णय सार्बजनिक भएको थियो ।

तपाईको प्रतिक्रिया