ब्राजिलको पेरुमाथि सहज जित

  असार ०४, २०७८

काठमाडौं, असार ४ : ब्राजिलले कोपा अमेरिका फुटबल प्रतियोगितामा पेरुमाथि सहज जित हात पारेको छ । समूह बी अन्तर्गत गए राति अबेर सम्पन्न खेलमा ब्राजिलले पेरुलाई ४–० ले हराउँदा प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो ।

पहिलो हाफमा १–० को अग्रता लिएको ब्राजिलले दोस्रो हाफमा तीन गोल थप्दै उसले ४–० को सहज जित हात पार्यो । ब्राजिलको जितमा लोबो सिल्भाले १२ औं मिनेटमा सुरुवाती गोल गर्दै १–० को अग्रता दिलाउनुभयो । दोस्रो हाफमा नेयमारले ६८ औं मिनेटमा गोल गर्दा ब्राजिलले अग्रतालाई दोब्बर पार्यो । डे बर्रोस रिबैरोले ८९ औं मिनेटमा गोल गरेर अग्रतालाई ३–० पार्नुभयो । अतिरिक्त समयमा रिचर्लिसनले गोल थप्दा ब्राजिल पेरुमाथि ४–० को सहज जित हात पार्न सफल भयो ।

ब्राजिलले आफ्नो सुरुवाती खेलमा भेनेज्वालामाथि ३–० को जित हात पारेको थियो । ब्राजिलले समूहगत् चरणको अर्को खेलमा बुधबार कोलम्बियाको सामना गर्नेछ । समूहमा रहेको पाँच टोलिमध्ये उत्कृष्ट चार टोली क्वार्टरफाइलनका लागि स्थान सुरक्षित गर्नेछ ।

तपाईको प्रतिक्रिया