हेलम्बु क्षेत्रमा बाढीको वितण्डा, चार जना बेपत्ता

  असार ०२, २०७८

सिन्धुपाल्चोक, असार २ : गएराती अबिरल बर्षाका कारण हेलम्बु, मेलम्ची क्षेत्रमा आउको भीषण बाढीले अहिलेसम्म चार जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन अधिकारीले बाढीले तीन पुरुष र एक महिला बेपत्ता भएको जानकारी दिनुभयो । उनीहरुको पहिचान खुल्न बाँकी रहेको उहाँले बताउनुभयो ।

बाढीले मेलम्ची बजार डुबानमा परेको छ । बाढीले मेलमची खानेपानीको क्याम बगाएको छ । मेलम्चीदेखि माथिको राजमार्ग खण्डहरु बगाएको छ । सो कारण सडक सम्बन्ध बिच्छेद भएको छ । बिद्युत आपूर्ति बन्द भएको छ । हेलम्बु गाउँपालिका किउलमा रहेको टाउट्र माछा र्फम बगाएको छ ।

हेलम्बु गाउँपालिकाको चनौटे बजार, किउल, तालामाराङ, ग्याल्थुम, तिपेनी हुदै मेलम्ची बजार डुबानमा परेका छन् । इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिका जोड्ने पुल बगाएको छ । स्थानीयहरु घर छाडेर सुरक्षित स्थानमा बसिरहेका छन् । मेलम्ची माथिका सबै झोलंगे पुल बगाएका छन् ।

प्रहरी घटना स्थलमा पुगेको छ । जनधनको के कति क्षति भयो भन्ने बारे थप बिबरण केही समयपछि आउने एसपी अधिकारीले बताउनु भयो । नेपाली सेना, प्रहरी , शसस्त्र प्रहरी र उद्धारटोली घटना स्थलमा पुगेको गोरखापत्र अनलाइनले जनाएको छ ।

तपाईको प्रतिक्रिया