डच मीडफिल्डर भान डे बीक यूरो २०२० बाट बाहिरिए

  जेठ २५, २०७८

काठमाडौं, जेठ २५ : म्यान्चेष्टर यूनाइटेडका मीडफिल्डर डोनी भान डे बीक यूरो कप फुटबल २०२० बाट बाहिरिनुभएको छ । कम्मर र तीघ्राको बीचमा आएको चोटका कारण उहाँ बाहिरिनुभएको हो । २४ वर्षीय भान डे बीकले पहिलो सिजनमा म्यान्चेष्टर यूनाइटेडमा समेत मात्र चार लिग खेलमा सहभागी हुनुभएको थियो । उहाँ गत् वर्ष एजेक्सबाट यूनाइटेड सनुभएको हो ।

भान डे बीकले नेदरल्याण्ड्सका लागि १९ खेलमा सहभागी हुनुभएको छ । पछिल्लो पटक नेदरल्याण्ड्सले गत् मार्चमा जिब्राल्टरमाथि ७–० को सहज जित हात पार्दा भान डे बीक टोलिका सदस्य हुनुहुन्थ्यो । समह सी मा रहेको डच टोलिले यूरो कप फुटबल २०२० को यात्रा आगामी आइतबार यूक्रेनको सामना गर्दै सुरुवात गर्नेछ ।

तपाईको प्रतिक्रिया