कोरोना संक्रमणमुक्त भएपछि नाच्दै फर्किए बालमन्दिरका बालबालिका

  जेठ २२, २०७८

काठमाडौं, जेठ २२ : लै वरी लै, लै वरी लै…पटुकीमा सिउरेको सुर्के थैली खै… बोलको गीत घन्कदै थियो । बालबालिकादेखि स्वास्थ्यकर्मी तथा कोरोना संक्रमण भएका विरामीहरु खुसीले नाच्न थाले । सबैको मुहारमा जीतको भाव झल्किन्थ्यो ।

साना ६ बर्षिय बालिका नाँच्न नआए पनि कम्मर मर्काइमर्काइ खुसीको गीतमा नाचिरहेको देखिन्थ्यो भने अरुले पनि साथ दिइरहेका थिए । यो खुसीको माहोल कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तालिम केन्द्रको आइशोलेसन सेन्टरको हो ।

शनिवार एकैपटक ५२ जना कोरोना संक्रमित निको भएर घर फर्केका थिए । चारदेखि २० वर्ष सम्मका कोरोना संक्रमित स्वस्थ भएर घर फर्केका हुन् । केन्द्रका चिकित्सक तथा कोभिड वार्डका संयोजक डा. जितेन्द्र श्रेष्ठले नक्सालस्थित बालमन्दिर तथा सिफलका बाल गृहका बालकालिका तथा कर्मचारी एकै पटक कोरोनालाई जितेर घर फर्किएको बताउनुभयो ।

‘सबैको एन्टिजेन परीक्षणबाट नेगेटिभ आएपछि घर फर्काइएको हो,’ उहाँले थप्नुभयो, ‘एक जनाको पोजेटिभ आएकोले केही दिन आइशोलेसनमा नै राख्छौं । केही दिनमा उहाँलाई पनि डिस्चार्ज गछौं ।’ डा.श्रेष्ठका अनुसार कुनै स्वास्थ्य समस्या नभएकाले उहाँलाई पनि चाँडै नै घर पठाउछौ ।
ती बालबालिकामा जेठ १० गेत पीसीआरमा पोजेटिभ आएपछि ११ गते कीर्तिपुरमा ल्याइएको उहाँले जानकारी दिँदै भन्नुभयो, यस अघि कोरोनाको लहरमा साना बालबालिका भर्ना नलिएको हुनाले यो पटक लिन अलि डर थियो ।

कान्ति बाल अस्पतालका चिकित्सकहरुको परामर्श तथा हामीले तयार गरिएको आयुर्वेदिक औषधिले चाँडैनै निको भएको धारणा ब्यक्त गर्नुभयो । बालबालिकालाई कुनै मानसिक समस्या नहोस् भनेर बालमनोविद्हरुले पनि परार्मश दिनुको साथै विभिन्न खेलमा सामेल गराएको पनि उहाँले जानकारी दिनुयभो ।

डा.श्रेष्ठले युनिसेफ नेपालले बालबालिकाको लािग विभिन्न खेल खेल्ले सामान भकुण्डो, रङ सहयोग गरेको बताउनुभयो । उहाँले बालबालिकालाई रमाइलो गर्न ब्यायाम, नाचगान, लुडो, क्यारेमबोर्ड जस्ता खेल खेल्न पनि उत्साहित गरिरहेको जानकारी दिनुभयो ।

पहिलेको आयुर्वेदिक औषधि बालबालिकाले खान नसक्ने भएकोले केन्द्रका निर्देशक रामआधार यादवको संयोजकत्वमा डा. जितेन्द्र श्रेष्ठ, डा. अमितमान जोशी तथा डा. सृजना श्रेष्ठको सल्लाह बमोजिम अर्को गोली बनाएर दिएको पनि बताउनुभयो ।

केन्द्रका निर्देशक डा रामआधार यादव भन्नुहुन्छ, विभिन्न आयुर्वेदिक जडीबुटीबाट औषधि बनाएर बालबालिकालाई महमा खान दिएको हो । उहाँका अनुसार चार देखि १० वर्षका ११ जना, ११ देखि २० वर्षका १७ जना तथा २१ माथिका ७ जना संक्रमित भएका गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तीन जना बालबालिकामा भने शारिरीक अपाङ्गता रहेको जानकारी दिदै डा.यादवले आयुर्वेदिक औषधि, योग, साङ्गितिक ब्यायाम तथा बेलुका नाच गानको कारण पनि चाँदै कोरोनालाई जितेको धारणा ब्यक्त गर्नुभयो । आज ५२ जना घर फर्कदा निकै खुसी लागि रहेको छ उहाँले भन्नुभयो, बालबालिका संक्रमित भएको उपचार गरेर राम्रो परिमाण आउनु राम्रो उपलब्धि हो ।

यता उपचारमा खटिरहनु डा.अनिश धामीले बालबालिका धेरै आत्मविश्वास रहेको बताउनुभयो । आफूले बालबालिकालाई उपचार गर्न पाएको र निको भएर घर फर्कनुभएकोमा खुसी ब्यक्त गर्दे उहाँले संक्रमित बालबालिका आफैमा रमाएका र कोही नाच्ने गाउने गर्दे दिन विताएको बताउनुभयो । नेपाल बाल संगठनका अध्यक्ष विद्या उपाध्याय न्यौपानेले आफ्ना बालबालिका सबै निको भएर फेर्केको देख्दा खुसीको सीमा नभएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया