नेपालका १० वटा भण्डार गृहमा करिब ३२ लाख मात्रा खोप सञ्चय गर्न सकिने

  जेठ २२, २०७८

काठमाडौं, जेठ २२ : नेपालमा सरकारी स्तरमा करिब ३२ लाख डोजसम्म खोप भण्डारण गर्ने क्षमता रहेको बताइएको छ । विश्वका अन्य देशको तुलनामा नेपालमा खोप भण्डारण गर्ने क्षमता राम्रो  छ ।

नेपालका विभिन्न क्षेत्रमा दशवटा खोप भण्डार सुविधा  छ । दुईवटा काठमाडौंसहित आठवटा राजधानी बाहिर  छन् । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल र टेकुमा एक एकवटा खोप भण्डारगृह रहेका छन् भने विराटनगर, बुटवल, नेपालगञ्ज सुर्खेत, धनगढी, हेटौंडा र पोखरामा छन् ।

ती दशवटै भण्डारणस्थलमा विश्व स्वास्थ्य सङ्गठनले उल्लेख गरे अनुसारको दुईदेखि आठ डिग्री तापक्रममा खोप राख्न सक्ने सुविधा रहेको स्वास्थ्य सेवा विभागका वरिष्ठ फार्मेसिस्ट वेदबहादुर थापालाई उद्धृत गर्दै गोरखापत्र अनलाइनमा उल्लेख छ ।

काठमाडौंमा रहेका दुईवटा भण्डारमा १६ लाख डोज खोप भण्डारण गर्न सकिनेछ भने राजधानीबाहिरका आठवटा खोप भण्डारमा पनि थप १६ लाख मात्रा खोप सञ्चय गर्न सकिन्छ । फरक कम्पनीका खोपको बट्टाको आकार फरक हुने र कुनै ठूलो अकारका हुने र कुनै सानो आकार हुने भएका कारण खोपको भण्डारन क्षमतामा फरक पर्ने उहाँको भनाइ छ ।

उहाँले अस्ट्राजेनिकाले उपलब्ध गराएको खोपको बट्टा २.५ क्युविक सेन्टिमिटरको  छ भने चीनको केन्द्रीय सरकारले उपलब्ध गराएको खोप २९.८ क्युविक सेन्टिमिटर छ । चीनले दोस्रो चरणमा उपलब्ध गराएका खोपमध्ये झण्डै चार लाख डोज खोप विमानस्थलमा भण्डारण गरिएको छ ।

थापाले भन्नुभयो, ‘विगतमा त्यति अनुमान गर्न नसकेका कारण हामीले चाहे जति खोप सहज भण्डारण गर्न केही समस्या भयो । त्यसपछि हामीले खोपलाई केन्द्रमा मात्र भण्डारण गर्नुभन्दा बाहिर जिल्लाहरुमा पनि पठाउँदा धेरै खोप सञ्चय गर्न सहज हुने सोचेर सोही अनुसार चीनबाट ल्याइएका खोप जतिसक्दो चाँडो बाहिर पठाउन शुरु ग-यौं ।’

तपाईको प्रतिक्रिया