महन्थ र यादवकाे संयुक्त विज्ञप्ति, जसपा तत्काल सरकारमा सहभागी नहुने

  जेठ ०४, २०७८

काठमाडौं, जेठ ४ : जनता समाजवादी पार्टीले तत्काल सरकारमा सहभागि नहुने बताएको छ ।जसपा सरकारमा सहभागि हुने र नहुने सम्बन्धमा व्यापक तर्क–विर्तक एवं अड्कलबाजीहरु भइरहेको बेला तत्काल सरकारमा सहभागि नहुने जसपाले बताएको हो ।

सोमबार अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रुपमा ८ बुँदे विज्ञप्ति जारी गर्दै जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागि नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने बताउनुभएको छ । साथै पार्टीको नीति र निर्णय यथाावत कायम रहने समेत अध्यक्षद्वय द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया