ट्रमा सेन्टरमा अक्सिजन आपूर्ति सहज, बिरामीलाई औषधि निःशुल्क

  जेठ ०२, २०७८

काठमाडौं, जेठ २ : चार दिनअघि राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले अक्सिजनको चरम अभाव भएको भन्दै सहयोगका लागि सामाजिक सञ्जालमा हारगुहार गरे । त्यसलगत्तै सञ्चारमाध्यमले सो विषयलाई प्राथमिकताका साथ प्रसारण गरे । चार दिनपछि अहिले अवस्था परिवर्तन भयो । अहिले ट्रमा सेन्टरमा लिक्वड अक्सिजनको आपूर्तिपछि उपचारमा सहज भएको छ ।

चारदिन अघि सहयोगको अपिल गर्नुभएको ट्रमा सेन्टरका प्रवक्ता अर्जुनप्रसाद भेटवाल त्यसबेला निकै तनावमा हुनुहुन्थ्यो । आज उहाँले भन्नुभयो, अहिले अवस्था सहज भएको छ हामीले बिरामीलाई औषधि पनि निःशुल्क गरेका छौं । अक्सिजनको अभाव समाधान भएपछि बिरामीको चाप भने बढेको छ ।

कुल दुई सय शैया क्षमता भए पनि अहिले ११९ शैयामा बिरामी राख्न सक्ने अवस्था रहेको र रहेको र सबै भरिभराउ रहेको उहाँले बताउनुभयो । सरकारले सो सेन्टरलाई कोभिड डेडिकेटेड अस्पताल बनाएपछि बिरामीको चाप बढेको थियो । सो सेन्टरमा नौवटा भेन्टिलेटर सहितको आईसीयू बेड छ । साथै इमरजेन्सीको रेड जोनमा भेन्टिलेटर सहितका छ शैयामा पनि सबै बिरामी रहेको भेटवालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया