एटलेटिको मड्रिड ला लिगाको उपाधि नजिक पुग्यो

  बैशाख ३०, २०७८

काठमाडौं, बैशाख ३० : एटलेटिको मड्रिड ला लिगाको उपाधि नजिक पुगेको छ । सन् २०१४ पछि पहिलोपटक एटलेटिको मड्रिड स्पेनिस घरेलु फुटबल लिग ला लिगाको उपाधि नजिक पुग्न सफल भएको हो ।

गए राति अबेर सम्पन्न खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई हराएको छ । एटलेटिकोले रियलमाथि २–१ को जित हात पार्यो । यानिक कारास्कोले एटलेटिको मड्रिडलाई सुरुवाती अग्रता दिलाउनुभयो । उहाँले १६ औं मिनेटमा गोल गर्नुभयो ।

एञ्जेल कोरायाले २८ औं मिनेटमा एटलेटिको मड्रिडको अग्रतालाई दोब्बर पार्नुभयो । इगोर जुबेल्डियाले ८३ औं मिनेटमा गोल फर्काएपनि सोसिडाडले धेरै ढिला गरिसकेको थियो ।

एटलेटिको मड्रिडले आफ्नो बाँकीको दुबै खेल जितेको अवस्थामा ११ औं पटक ला लिगाको च्याम्पियन बन्नेछ । उसले आइतबार घरेलु मैदानमा ओसासुनाको सामना गर्दैछ । एक सातापछि उसले रेलिगेशनमा परेको १८ औं स्थानको रियल भालाडोलिडको सामना गर्नेछ ।

एटलेटिको दोस्रो स्थानको बार्सिलोनाभन्दा चार अङ्कको स्पष्ट अग्रता लिएको छ । दुबैले समान ३६ खेल खेलेको छ । तर तेस्रो स्थानको रियल मड्रिड एटलेटिको मड्रिडको उपाधि जित्ने अभियानलाई धक्का दिन सक्नेछ । रियलले तीन खेल खेल्न बाँकी छ । ऊ एटलेटिकोभन्दा पाँच अङ्कले पछाडि छ ।

तपाईको प्रतिक्रिया