१६ महिनामा बोक्चे गौडा छिचोलियो (फोटो फिचर)

  बैशाख ३०, २०७८

सिमकोट, वैशाख ३० : हिल्सा सिमकोट सडक आयोजनाको जिम्मामा रहेको खार्पु सुनाखाडा खण्डको बोक्चे गौडाको भीर छिचोलिएको छ । निर्माण सुरु भएको सोह्र महिनापछि आयोजना बिष्फोट गरेर भीरलाई फुटाउन सफल भएको हो ।

३७५ मिटर लामो भीरलाई लामो प्रयासपछि आयोजना छिचोल्न सफल भएको आयोजनाका योजना प्रमुख बिसुनदास लामाले बताउनुभयो । १९ पटकसम्म बिष्फोट गरेर भीर छिचोलिएको हो । जिल्ला हिड्ने मुख्य बाटो पनि यसै भीरमा पर्ने भएको कारण पैदल मार्गका यात्रुलाई पनि असजह हुँदै आएकोमा अब भीर बिष्फोट भएर सडक निर्माण भएपछि सबैलाई सहज भएको छ ।

तल कर्णाली नदी र माथि भीर भएको कारण सडक निर्माया गर्न पनि कठिन भएको थियो । बोक्चे गौडा भीर छिचोलिएपछि कर्णाली करिडोरले सदरमुकाम सिमकोट चाँडै जोड्ने आशा पलाएको छ । 

तपाईको प्रतिक्रिया