कोरोना सङ्क्रमणबाट न्यायाधीश श्रेष्ठको निधन

  बैशाख ३०, २०७८

काठमाडौँ, वैशाख ३० : कोरोना सङ्क्रमणबाट काठमाडौंँ जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ । जिल्ला अदालतकाका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीका अनुसार उहाँको केही समयदेखि शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचार भइरहेकामा आज निधन भएको हो ।

उहाँका अनुसार दुई साताअघि जिल्ला अदालतमा गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको थियो । श्रेष्ठलाई शुरुमा श्वासप्रश्वासमा समस्या देखिएको थियो । मृतक श्रेष्ठको पशुपति आर्र्यघाटमा अन्त्येष्टि गरिनेछ । यसअघि कोरोनाका कारण न्याय परिषद् सदस्य लक्ष्मीबहादुर निरालाको पनि निधन भएको थियो ।

तपाईको प्रतिक्रिया