म्यान्चेष्टर सिटीले नौ वर्षमा पाँचौं पटक प्रिमियर लिगको उपाधि उचाल्यो

  बैशाख ३०, २०७८

काठमाडौं, वैशाख २९ : म्यान्चेष्टर सिटीले पछिल्लो नौ वर्षमा पाँचौं पटक इंग्लिस प्रिमियर लिगको उपाधि उचालेको छ । प्रिमियर लिग अन्तर्गत गए राति अबेर सम्पन्न खेलमा म्यान्चेष्टर यूनाइटेड लेष्टर सिटीबाट पराजित भएको फाइदा म्यान्चेष्टर सिटीले पायो ।

पेप गार्डिओलाको म्यान्चेष्टर सिटी दोस्रो स्थानको म्यान्चेष्टर यूनाइटेडभन्दा दश अङ्कको अग्रता बनाएको छ । यूनाइटेडले अब तीन खेल मात्रै खेल्न बाँकी छ ।

म्यान्चेष्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको यो सातौं अबसर हो । पछिल्लो नौ वर्षमा प्रिमियर लिग जितेको यो उसको पाँचौं अबसर पनि हो ।

ब्यवस्थापक गार्डिओलाको समेत म्यान्चेष्टर सिटीमा आगमन भए यता यो आठौं घरेलु लिगको उपाधि हो । ५० वर्षीय गार्डिओला सन् २०१६ मा सिटीको ब्यवस्थापक नियुक्त हुनुभएको थियो ।

सिटीले गत शनिबार नै आफ्नै खेलमा निर्भर रहेर उपाधि जित्ने अबसर पाएको थियो । तर चेलसीसँग १–२ को हार बेहोर्न पुग्दा उसको उपाधि उचाल्ने प्रतीक्षा लम्बिन पुग्यो ।

तपाईको प्रतिक्रिया