राष्ट्रिय फुटसल स्थगित

  बैशाख ३०, २०७८

काठमाडौं, वैशाख २९ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय फुटसल लिग स्थगित गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बैठकले यसअघि नै समूहमा खेलाइने सबै खेल स्थगित गर्ने निर्णय बैशाख दोस्रो साता नै गरेको भएपनि एन्फाले मंगलबार स्थगितको निर्णय गरेको हो ।

एन्फाले एक सूचना जारी गरी देशमा कोभिड–१९ बाट उत्पन्न प्रतिकूल परिस्थितिका कारण अर्को सूचना जारी नहुँदासम्म प्रतियोगिता स्थगित भएको जनाएको छ । एन्फाको आयोजनामा जेठ १ गतेबाट राष्ट्रिय फुटसल लिग हुने तय गरिएको थियो ।

फुटसल लिगका लागि प्रत्येक प्रदेशबाट दुई दुई टोलि छनौट गरिएको छ । कुनै टोली छनौट खेल्न सहभागी नभएकोले प्रदेश २ बाट छनौट हुने टोलीको स्थान रिक्त हुन पुग्यो । ए डिभिजन राष्ट्रिय फुटबल प्रतियोगिता पोखरा हुने तय भएको थियो ।

तपाईको प्रतिक्रिया