काठमाडौं, वैशाख २७ : कोरोना संक्रमितको उपचारका लागि आवश्यक रिम्डिसिभिरको थप दुई हजार डोज आज काठमाडौं आइपुगेको छ । औषधि व्यबस्था विभागले आज एक सूचना प्रकाशित गरी सो औषधि आवश्यक पर्ने विरामीले अस्पतालले उपलब्ध गराएको पूर्जा तथा पत्रका आधारमा परिचयपत्र सहित सम्बन्धिक वितरकसँग सम्पर्क गर्न फोन नम्बर समेत उपलब्ध गराएको छ । विगतमा साे औषधि अभाव हुँदा विरामीहरूले महंगाेमा किन्नु परेकाे थियाे ।
