म्यान्चेष्टर यूनाइटेडको आष्टन भिल्लामाथि जित

  बैशाख २७, २०७८

काठमाडौं, बैशाख २७ : म्यान्चेष्टर यूनाइटेडले आष्टन भिल्लामाथि जित हात पारेको छ । गए राति अबेर सम्पन्न खेलमा म्यान्चेष्टर यूनाइटेडले आष्टन भिल्लामाथि ३–१ को जित निकाल्दै शीर्षस्थानको म्यान्चेष्टर सिटीसँगको अङ दूरी छोट्याएको छ ।

शीर्ष स्थानको सिटीले ३५ खेलबाट ८० अङ्क जोडेको छ । यूनाइटेडले ३४ खेलबाट ७० अङ्क बटुलेको छ । सिटीले चेलसीसँग हार बेहोर्दा र यूनाइटेडले आष्टन भिल्लालाई हराउन पुग्दा म्यान्चेष्टर सिटीको उपाधि उचाल्ने ब्यग्रतामा थप विलम्ब हुने भएको छ ।

दोस्रो लेगमा रोमासँग २–३ ले हार बेहोरेपनि यूरोपा लिगको फाइनलमा स्थान सुनिश्चित गरेको म्यान्चेष्टर यूनाइटेडले आष्टन भिल्ला बिरुद्ध पहिलो हाफमा पछाडि परेको थियो । तर दोस्रो हाफमा लगातार तीन गोल गर्दै म्यान्चेष्टर यूनाइटेडले ३–१ को जित निकाल्न सफल भयो । यूनाइटेडको जितमा ब्रुनो फर्नान्डेस, मेसोन ग्रीनऊड र एडीन्सन कभानीले एक एक गोल गरे ।

आष्टन भिल्लाले म्यान्चेष्टर यूनाइटेडलाई हराएको भए म्यान्चेष्टर सिटीको उपाधि जित्ने पर्खाइ समाप्त हुने थियो । म्यान्चेष्टर यूनाइटेडलाई शीर्ष स्थानको म्यान्चेष्टर सिटीसँग अङ्क दूरी क मगर्ने अबसर अझै विद्यमान छ । सिटीको सामना गर्नुअघि म्यान्चेष्टर यूनाइटेडले लेष्टर र लिभरपुलको सामना गर्नेछ ।

तपाईको प्रतिक्रिया