सल्यान अस्पतालमा न एम्बुलेन्स छ न शव वाहन

  बैशाख २६, २०७८

सल्यान, वैशाख २६ : कोरोना भाइरस संक्रमणले संक्रमितसँगै मृत्युदर पनि बढ्दै गएपछि सल्यानमा शव व्यवस्थापनमा ठूलो चुनौति बनेको छ । जिल्लामा एउटा पनि शव वाहन नभएका कारण सक्रमणबाट मृत्यु भएका मानिसको लास बोक्ने साधन अभाव भएको त छनै जेनतेन टिम्परमा हालेर लगिएको शव गाड्ने र जलाउने कार्यमा समेत अवरोध हुन थालेपछि समस्या जटिल बनेको छ ।

गएको बुधबार जिल्ला अस्पताल सल्यानमा मृत्यु भएका एकजना बृद्धको शव १३ घण्टा सम्मपनि अस्पतालबाट दाहासस्कार गर्न लैजाने साधन नहुँदा लास ब्यवस्थापन हुन सकेन । स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले शव वाहनको व्यवस्था नहुदा कोरोना संक्रमण वाट निधन भएका ब्यक्तिलाई ब्यवस्थापनमा समस्या भएको बताउनुभयो । उहाका अनुसार स्वास्थ्य कार्यालय र यहाँका कुनै पनि स्थानीय तहमा शव वाहन नहुँदा समस्या भएको छ ।

अहिले जसोतसो शव ओसार्न टिप्परको प्रयोग गरिएको छ । सेना संग शव व्यवस्थापन गर्दा लगाउने पीपीइ लगायत सुरक्षा सामाग्री समेत छैन । सवुझ गण सिमर्खकका सह सेनानी दिपक वुढाथोकीले सेनाले आफै जोखिम मोलेर काम गरेको वताउनुभयो । उहाका अनुसार कोरोना संक्रमितको मुत्यू भएका छिटो सव ब्यवस्थापनमा सवारी साधन नहुना पनि समस्या भएको हो ।

कर्णाली प्रदेश सरकारले भने तत्कालका शव वाहन को व्यवस्था गर्न नसक्ने भन्दै सार्वजकि गाडी तथा अन्य गाडि भाडामा लिएर भएपनि शव व्यवस्थापन गर्न सकिने प्रदेश सरकारको भनाई छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीले शव वाहन र एम्बुलेन्स अभाव भएको अस्पतालहरुमा पनि अहिले अन्य गाडी भाडामै लिएर चलाउनु पर्ने वताउनुभयो । उहाका अनुसार खरिद गर्दा समय लाग्छ भने भाडामा लिएर भएपनि प्रयोग गर्नु निर्देशन दिईएको छ ।

सल्यानमा शुक्रबार सम्म ११ जनाको मृत्यु भैसकेको छ भने ४५० भन्दा बढि संक्रमित छन । मृत्यु दरबढेपछि जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले शव व्यवस्थापनको लागि स्थानिय तहहरुले नै जिम्मा लिने निर्णय गरेको थियो । तर स्थानीयतहले शव व्यवस्थापन प्रति पटक्कै चासो दिएको पाईदैन ।

यस्तै जिल्ला अस्पतालमा भएको एम्बुलेन्स विग्रेको र नयाँ नहुदाँ समस्या भएको छ । कोरोना संक्रमित सँगै अन्य बिरामीहरुको अत्याधिक चाप हुने जिल्ला अस्पतालमा एम्बुलेन्स नहुदाँ नागरिकलाई सास्ती हुने गरेको छ । जिल्ला अस्पतालमा आकस्मिक उपचारका लागि आउने बिरामी तथा यहाँबाट रिफर हुने बिरामीले अस्पतालको एम्बुलेन्स नहुँदा महंगो शुल्क तिरेर अन्य एम्बुलेन्स तथा निजी सवारीसाधन रिजर्व गर्न बाध्य भएका छन् ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख दशरथ श्रेष्ठले १४ बर्ष अघि किनेको एम्बुलेन्स गतवर्ष नै बिग्रिएपछि अहिले अस्पतालको नाममा कुनै एम्बुलेन्स नभएको वताउनुभयो । उहाका अनुसार प्रदेश सरकारले अस्पतालकै बजेटले किन्नुहोस् भन्छ, नयाँ किन्नलाइ हामीसँग बजेट छैन् । एम्बुलेन्स बनाउने हो भने नयाँ किन्नेभन्दा धेरै पैसा खर्च हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया