८८ कोरोना संक्रमितको मृत्यु, ८७७७ संक्रमित, ४०२२ कोरोनामुक्त

  बैशाख २६, २०७८

काठमाडौं, वैशाख २६ : नेपालमा कोरोनाभाइरसका आठ हजार ७७७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८ हजार ७८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ७७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख ९४ हजार ६६७ पुगेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५०६ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ७३ जनाको रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया