कोभिड ‘वार’ कक्षसहितको युनिफाइड अस्पताल बन्दै, दुई साता लाग्ने

  बैशाख २६, २०७८

काठमाडौं, बैशाख २६ : वीर अस्पतालको भर्खरै निर्माण भएको नयाँ भवन कोभिड १९ को उपचारका लागि युनिफाइड अस्पतालका रुपमा विकास गर्न शुरु गरिएको छ । कम्तिमा दुई हप्ता भित्र काम सक्ने गरी शुरु भएको सो युनिफाइड अस्पतालमा देशभरीका अस्पतालमा कोरोनाका उपचारका लागि कति शय्या, आईसीयू र भेन्टिलेटर छन् । कति शय्या खाली छन् कतिमा विरामी छन् जस्ता ताजा जानकारी राख्ने गरी कोभिड युद्ध (वार) कक्षको पनि स्थापना गरिने छ ।

स्वास्थ्य मन्त्रालयले महामारी अवधि भर सो अस्पताललाई कोरोना रोकथाममा प्रभावकारी तरीकाले कार्य सञ्चालन गर्ने थलोका रुपमा प्रयोग गरिने । सो भवनमा तत्कालै अक्सिजन सहितको तीनसय शय्या, एक सय आईसीयू र ५० भेन्टिलेटरको हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
डा.रोशन पोखरेलको मातहतमा एउटा सञ्चालन समिति रहने छ । कोभिडका बिरामिका लागि अलग्गै र अन्य सबै अस्पतालमा जस्तो विरामीको जाँच गर्ने, अनुगमन एवम् उपलब्ध शय्याहरुको रेकर्ड राख्ने , आईसीयू ,भेन्टिलेटर आदिको विवरण अरु देशका अस्पतालमा जस्तै आधुनिक ढङ्गले राखिने छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार कोभिड १९ सङक्रामण विरुद्ध युद्ध कक्ष डा .गुणराज लोहोनिको नेतृत्वमा सञ्चालन हुने छ । सो अस्पताल सञ्चालनमा आईसकेपछि सिकेको र अनुभवको आधारमा पाँच वा सात दिन पछि नै मन्त्रालयले यस्तै अस्पताल स्थापना गर्न सातै वटै प्रदेशलाई अख्तियारी प्रदान गर्नेछ । नयाँ बनेको बीर अस्पतालमा कम्तिमा ८०० शय्या राख्नुपर्ने मन्त्रालयले अनुमान गरेको छ । १०० शय्या कोभिडका सरल प्रकृतिका बिरामिका लागि भने ७०० जटिल प्रकृतिका कोरोना सङक्रमितका लागि छुट्याईने बताईएको छ ।

प्रधानमन्त्री केपि शर्मा ओलिको सरकारी निवास बालुवाटारमा शनिवार बसेको मन्त्रिपरिषद्को बैठकले वीर अस्पतालको नयाँ भवनलाई कोभिड १९ उपचार कक्ष बनाउने निर्णण गरेको थियो । भूमि व्यवस्था तथा गरीवि निवारण मन्त्री पद्मा अर्यालका अनुसार मन्त्रिपरीषद्को आकस्मिक बसेको बैठकले विर अस्पातालको नयाँ भवनमा ५०० वेडको कोभिड युनिफाइड अस्पताल बनाउने निर्णय गरेको हो ।

बैठकमा यो मात्र एक एजेण्डा भएको र देशमा कोरोना भाईरसबाट संक्रमित हुनेको सङख्या बढिरहेकोले यस्तो निर्णय गरीएको उहाँले बताउनुभयो, ‘केही दिन अघि बसेको सिसीएमसीको बैठकले सरकारले वीर अस्पतालको नया भवनलाई कोभिड १९ उपचार कक्ष बनाउने निर्णय गरको थियो ।“ यी सबै कुराले देशकै सबैभन्दा पुरानो अस्पताल अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सरकारले कोभिड १९ उपचारको लागि समर्पित गरेको छ” मन्त्रि अर्यालले भन्नुभयो ।

यो भन्दा पहिले वीर अस्पताल राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान (न्याम्स) को मातहतमा रहेको थियो । न्याम्सले अहिले शैक्षिक क्षेत्र मात्र हेर्ने गर्दछ । “विर अस्पतालको नयाँ भवनलाई कोरोना उपचार कक्ष बनाउने निर्णय यो महामारी नसकिदासम्मको लागि हो,” मन्त्रि अर्यालले भन्नुभयो ।

तपाईको प्रतिक्रिया