वरिष्ठ गायक प्रेमध्वज प्रधान रहनुभएन

  बैशाख २३, २०७८

काठमाडौं, वैशाख २३ : नेपालका वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । उहाँको न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उहाँको जन्म १९९४ साल असारमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा भएको थियो , बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उहाँको घरमा साङ्गीतिक माहोल थियो ।

उहाँको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय सङ्गीतमा गहिरो रुचि राख्नुहुन्थ्याे ।

तपाईको प्रतिक्रिया