काठमाडौंले बुटवललाई हरायो

  बैशाख २२, २०७८

काठमाडौं, बैशाख २२ : नेपाल सुपर लिग(एनएसएल) फुटबल प्रतियोगितामा काठमाडौं रेजर्सले बुटवल लुम्बिनि एफसीलाई हराएको छ । जितसँगै काठमाडौं अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ । समान सात अङ्क रहेको बिराटनगर, धनगढी र काठमाडौं पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङशालामा मंगलबार सम्पन्न खेलमा काठमाडौंले बुटवल सिटी एफसीमाथि १–० को जित हात पार्यो । काठमाडौंको जितमा स्टिफन बिनोङले गर्नुभएको एक मात्र गोल निर्णायक हुन गयो । उहाँले खेल सुरु भएको पाँचौं मिनेटमा गोल गर्दै काठमाडौंलाई १–० को अग्रता दिलाउनुभयो ।

तपाईको प्रतिक्रिया