धनगढीले पोखराको सामना गर्दै

  बैशाख २२, २०७८

काठमाडौं, बैशाख २२ : नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता अन्तगर्तको १३ औं खेलमा आज धनगढी एफसीले पोखरा थन्डर्स एफसीको सामना गर्दैछ । दुई टोलिबीचको स्पर्धा त्रिपुरेश्वरस्थित दशरथ रङशालामा साँझ साढे पाँच बजेपछि सुरु हुनेछ ।

धनगढी अङ्क तालिकाको दोस्रो स्थानमा छ । पोखरा भने पाँचौं स्थानमा छ । धनगढी र पोखराबीचको विजेता टोलि अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिनेछ । दुबै टोलिले हालसम्म समान चार चार खेल खेलेको छ ।

धनगढी र पोखराबीचको खेल बराबरीमा सम्पन्न भएको अवस्थामा समेत धनगढीले बिराटनगरलाई उछिन्दै शीर्ष स्थानमा उक्लिनेछ । यद्दपी उसले शीर्ष स्थानको बिराटनगरभन्दा एक खेल बढी खेलेको हुन्छ । पोखराले अङ्क बाँडे ऊ चौथो स्थानमा उक्लिनेछ । उसको पाँच अङ्क छ । बुटवल पोखराभन्दा एक स्थान तल चिप्लिनेछ ।

तपाईको प्रतिक्रिया