चितवनले बिराटनगरको सामना गर्दै

  बैशाख २०, २०७८

काठमाडौं, वैशाख २० : नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको १३ औं खेलमा आज एफसी चितवनले बिराटनगर सिटी एफसीको सामना गर्दैछ । बिराटनगर चार अङ्कसहित अङ्क तालिकाको चौथो स्थानमा छ । उसले हालसम्म तीन खेल मात्रै खेलेको छ ।

दुई टोलिबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङशालामा साँझ साढे पाँच बजेपछि खेलाइनेछ । बिराटनगरले आफ्नो तीन खेलमध्ये एकमा जित, एकमा हार र एक बराबरी खेलेको छ । एफसी चितवन अङ्क तालिकाको पूछारमा छ । उसले हालसम्म एउटै खेल जित्न सकेको छैन् ।

तीन खेलमध्ये चितवनले दुईमा बराबरी र एकमा हारको सामना गरेको छ । आजको खेलमा बिराटनगरमाथि जित हात पारे चितवन चौथो स्थानमा उक्लिनेछ । बिराटनगरले जित हात पारे ऊ दोस्रो स्थानमा उक्लिनेछ ।

तपाईको प्रतिक्रिया