लुम्बिनी प्रदेश मन्त्रिमण्डलमा फेरवदल

  बैशाख २०, २०७८

बुटवल, वैशाख २० : लुम्बिनी प्रदेशमा राजनैतिक घटनाक्रमहरु तीब्र रुपमा फेरवदल भइरहेका छन् । आईतबार पुनः नियुक्त हुनु भएका शंकर पोखरेल नेतृत्वको सरकारका थप दुई मन्त्रीले सोमबार सपथ लिनु भएको छ । पुनः नियुक्तिसंगै मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवद्धारा आईतबार सांझ सपथग्रहण गर्नुभएको थियो । लगत्तै आईतबार नै उहाँले केही नयाँ र केही पुराना मन्त्रीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।

सोमबार सपथग्रहण गर्नेमा यसअघि मन्त्रीको सपथ खाएका तर जनता समाजबादी पार्टीको सिफारिसमा प्रदेश सभाबाट कार्वाहीमा परेका कल्पना पाण्डे र सुमन शर्मा रायमाझी हुनुहुन्छ । कल्पनालाई शिक्षा तथा सामाजिक मन्त्री र सुष्मालाई भौतिक पुर्वाधार बिकास राज्यमन्त्रीको जिम्मेबारी दिईको छ । मन्त्री कल्पनालाई प्रदेश प्रमुख धर्मनाथ यादव र राज्यमन्त्री सुष्मालाई मुख्यमन्त्री पोखरेलले सपथ ग्रहण गराउनु भएको हो ।

त्यसअघि आईतबार सांझ पुननियुक्त मुख्यमन्त्री पोखरेलले केही मन्त्रीहरुलाई नियुक्त गर्नु भएको थियो । उहाँले नियुक्त गरेका आर्थिक मामिला तथा योजनामन्त्रीमा बैजनाथ चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा हरि रिजाल, भौतिक पूर्वाधार विकासमन्त्रीमा सन्तोष पाण्डे र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विजयबहादुर यादवलाई सोही सांझ सपथ गराईएको थियो ।

मन्त्रीपरिषदमा रिजालको नयाँ प्रबेश हो । मुख्यमन्त्री कार्यलय श्रोतका अनुसार केही दिनमा मन्त्रीमण्डल बिस्तार हुन सक्नेछ । नयाँ मन्त्री परिषदमा पहिलेका मन्त्रीहरु लिला गिरी र आरती पौडेलको नाम छैन । एमाले लुम्बिनी कमिटीका अध्यक्ष तथा पूर्ब मन्त्री लिला गिरीले भन्नुभयो, ‘पद ठूलो हैन,समाधान ठूलो हो । समस्याको समाधान गर्न सबैले योगदान गर्न जरुरी छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गङ्गाप्रसाद यादवलाई पद तथा गाेपनीयताकाे सपथ ग्रहण गराउनु भएकाे छ । राष्ट्रपति भवन शितल निवासमा उहाँले साे सपथग्रहण गराउनु भएकाे हाे । उहाँहरू दुबै नियुक्त हुनु भएकाे हाे । 
आज बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी र सदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति मक्ष सिफारिस गरेको थियो भने उहाँहरुलाई नयाँ प्रदेश प्रमुखमा सिफारिस गरेको थियो । यसअघि गण्डकी प्रदेशमा अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुखमा शर्मिच त्रिपाठी रहनुभएको थियाे ।  दुबै माओवादी केन्द् निकट हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया