सूचना प्रविधिको उपयोग गरी कोभिड–१९ बाट सुरक्षित रहन आह्वान

  बैशाख १९, २०७८

काठमाडौँ, वैशाख १९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा सबैलाई शुभकामना व्यक्त र्नुभएको छ । समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने मूल नाराका साथ मनाउन लागिएका यस दिवसका अवसरमा सुशासन, दिगो विकास एवम् गरिबी न्यूनीकरणका लक्ष्यहरु हासिल गर्ने मूल उद्देश्य प्राप्तिका लागि सरकारले सो कार्यक्रमलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजाने सङ्कल्प लिएको उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख छ । सन्देशमा उहाँले भन्नुभएको छ, “सूचना प्रविधिमैत्री नेपाल निर्माणका लागि सरकारले अनलाइनबाटै सबै सरकारी सेवा नागरिकलाई प्रदान गर्न ‘नागरिक एप’ सञ्चालनमा ल्याएको छ ।”

मन्त्री गुरुङले आजको युग सूचना तथा सञ्चार प्रविधिको युग हो । त्यसैले आधुनिक युगको मागअनुसार हरेक क्षेत्रलाई सूचना तथा सञ्चार प्रविधिसँग जोड्दै ‘समृद्ध नेपाल ः सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई पूरा गर्ने सरकारको लक्ष्य छ भन्दै सन्देशमा सोही लक्ष्य हासिल हुने गरी सरकारले नीतिगत, कानूनी र संरचनागत आधार तयार पारी कार्यान्वयनमा लैजान ‘डिजिटल नेपाल फ्रेमवर्क’ को कार्यक्रमलाई प्रभावकारिताका साथ अघि बढाउने कामलाई तीव्रता दिएको बताउनुभएको छ ।

“सूचना प्रविधि क्षेत्रको दुरुपयोग हुन नदिन तथा यसको विकासमा सहज पहुुँच पु-याउन सरकारले सङ्घीय संसद्मा ‘सूचना प्रविधि विधेयक’ पेश गरेको छ”, सन्देशमा उहाँले भन्नुभएको छ, “सूचना महामार्ग निर्माण र विस्तारको कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।” मन्त्री गुरुङले सरकारले सबै स्थानीय तह, वडा कार्यालय, सामूदायिक शिक्षण संस्थाहरु, स्वास्थ्य केन्द्रसम्म सूचना प्रविधि पूर्वाधारको पहुुँच सुनिश्चित गर्ने, उपरोक्त स्थानहरुमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पु-याउने र प्रत्येक स्थानीय तहमा सूूचना प्रविधि केन्द्र स्थापना र सञ्चालन गर्ने गरी नीति, कार्यक्रम र बजेटको व्यवस्था गरेको उल्लेख गर्दै दूरसञ्चार सेवालाई गुुणस्तरीय बनाउन फाइभजी परीक्षणको काम अगाडि बढाइएको बताउनुभयो ।

“साइबर अपराध नियन्त्रण, साइबर सुरक्षा र सरकारी डाटा सेन्टरको सुरक्षा अति संवेदनशील विषय भएकाले यसको सुरक्षामा विशेष ध्यान दिइएको छ”, उहाँले सन्देशमा भन्नुभएको छ । मन्त्री गुरुङले सूचना तथा सञ्चार प्रविधिको उपयोग गरी कोभिड–१९ बाट सुरक्षित रहन सबैलाई हार्दिक आह्वान गर्दै यस अवसरमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमार्फत मुुलुकलाई समृद्ध बनाउने अभियानमा संलग्न राष्ट्रिय÷अन्तरराष्ट्रिय क्षेत्रमा कार्यरत व्यक्ति, सङ्घ, संस्थाहरुप्रति हार्दिक धन्यवादसमेत व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया